Harsamaya
काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
अन्तर्राष्ट्रिय विमानस्थल ।

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटभित्रको सम्पूर्ण सडक र परिसर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रशासनका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ स्थलसहित विमानस्थल परिसरमा ५ जनाभन्दा बढी भेला हुन पाइने छैन।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्कँदा संभावित प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरिएको हो। यस आदेश आजदेखि १ महिनासम्म लागू हुनेछ।

चक्रपथ क्षेत्रमा अनुमति लिएर प्रदर्शन गर्न पाइने भए पनि प्रशासनले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने प्रयास गरे कारबाही हुने चेतावनी दिएको छ।

nisedhagya-1770874974.jpg

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update