रुपन्देहीको अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने
शुक्रबार, पुस ४, २०८२
पार्टी पंक्तिका सदस्यहरुलाई भने १०:३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतिलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ । थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ ।
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
बिहीबार, पुस ३, २०८२
उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने अहिले ललितपुरको नख्खु कारागारमा छन् ।
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
बिहीबार, कात्तिक २०, २०८२
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
सकियो जाँचबुझ आयोगले लिएको रविको बयान
बुधबार, कात्तिक १९, २०८२
उच्चस्तरीय जाँचबुझ आयोगसँग राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले बयान दिएर सकेका छन् ।
रास्वपाका सभापति लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइयो
बुधबार, कात्तिक १९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ ।
रवि लामिछाने कारागार फर्किए
शनिबार, भदौ २८, २०८२
जेन–जी आन्दोलन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए ।
रवि लामिछानेले गरे कारागार फर्किने घोषणा
शनिबार, भदौ २८, २०८२
चार बुँदे माग समेत राखेर उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट आफूले न्याय पाउने अपेक्षा समेत गरेका छन् ।
रवि लामिछानेलाई आन्दोलनकारीले कारागार मुक्त गराए
मंगलबार, भदौ २४, २०८२
जेनजी प्रदर्शनकारीहरूले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन् ।
जेनजीको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देश : ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुन सक्छ’
सोमबार, भदौ २३, २०८२
निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ ।’
रवि लामिछानेलाई भिटामिन ‘डि’को कमी
मंगलबार, भदौ ३, २०८२
रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ ।
रवि लामिछानेलाई सारियो नख्खु कारागार
शनिबार, साउन ३१, २०८२
शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधन समेत गर्न नदिइ नक्खु लगिएको हो ।
‘रवि लामिछानेलाई बन्दीगृहमा आवश्यक सुविधासहित अलग्गै कोठामा राखिएको छ’
बिहीबार, साउन २९, २०८२
‘कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरुलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरुलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रुपमा उपलब्ध गराउँदै आएको छ,’विज्ञप्तिमा उल्लेख छ ।
रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रास्वपाले रक्षाबन्धन मनाउने
शनिबार, साउन २४, २०८२
सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने पार्टीले जानकारी दिएको हो
साताको लोकप्रिय

