Harsamaya
रवि लामिछाने कारागार फर्किए
रास्वपा सभापति रवि लामिछाने ।

काठमाडौं - रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीका अनुसार रवि लामिछने कारागार आइपुगेका जानकारी दिए ।

जेन–जी आन्दोलन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए ।

कारागार प्रशासनले कैदीबन्दीलाई कारागार फिर्ता हुन अपिल गरेपछि लामिछाने शनिबार साँझ कारागार पुगेका हुन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update