Harsamaya
रुपन्देहीको अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनवासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ ।

भोली शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुँदा चितवनका टोल तथा वडा तह देखि जिल्ला तहसम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ ।

पार्टी पंक्तिका सदस्यहरुलाई भने १०:३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतिलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ । थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update