Harsamaya
रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन
रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०:३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । 
रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै
रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन् । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो,  पीडित पक्षको दुई  वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।
रविको बयान सकियो, थुनछेक बहस आज नहुने
रविको बयान सकियो, थुनछेक बहस आज नहुने रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ।
रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ
रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुदैँछन ।
रवि लामिछानेसहित सात जना फेरि थुनामै जान सक्ने
रवि लामिछानेसहित सात जना फेरि थुनामै जान सक्ने उच्च अदालत पोखराका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मंगलबार कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। यो आदेशले जिल्ला अदालतले गरेको निर्णयको वैधानिकता र प्रक्रियाको पुनरावलोकन गर्ने संकेत गर्दछ।
रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता
रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ।
रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी
रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी गरिएको छ। चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रवि लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेलाई रास्वपाले कारबाही गर्ने
अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेलाई रास्वपाले कारबाही गर्ने पार्टी सभापति रवि लामिछाने विरुद्धको मुद्दाको थुनछेक बहस सकिए पछि निस्किएका त्रिपाठी माथि हातपात भए पछि रास्वपाले सो घटनामा संलग्न पार्टीका सदस्य भेटिएमा कारबाही गर्ने जनाएको छ ।
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
रविलाई आज पनि अदालत लगिने, छुट्ने वा नछुट्ने न्यायाधीशको भर
रविलाई आज पनि अदालत लगिने, छुट्ने वा नछुट्ने न्यायाधीशको भर कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
Weather Update