रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं - उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई ३ करोड ७४ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने अहिले ललितपुरको नख्खु कारागारमा छन् ।
यद्यपि, अन्य अदालतपनि रविको मुद्दा यथावत् रहेकाले उनी तत्काल छुट्ने देखिन्न ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

