महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो (प्रेस विज्ञप्तिसहित)
शनिबार, माघ १२, २०८१
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित, सशस्त्र प्रहरीले बाँड्यो दाउरा
शनिबार, माघ १२, २०८१
दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।

आजको मौसमः तराईमा शीतलहर
शनिबार, माघ १२, २०८१
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चिसोले कठ्याङ्ग्रिएका सर्लाहीका मुसहर बस्ती, सुत्केरी र शिशुहरूको अवस्था दयनीय
शनिबार, माघ १२, २०८१
चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन्। अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन।
बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ। उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन्।

महाभारत जंगल आगलागीः बस्ती छेउको आगो हेलिकप्टरबाट निभाइयो
शनिबार, माघ १२, २०८१
खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।

तपाईंको आजको दिन कस्तो छ ?
शनिबार, माघ १२, २०८१
वृष
आकस्मिक धन प्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरू पराजित हुनेछन्।

सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
शुक्रबार, माघ ११, २०८१
सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेको छ। टङ्कप्रसाद आचार्य प्रतिष्ठानको घरमा भाडामा प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आगामी सोमबारदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प
शुक्रबार, माघ ११, २०८१
पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो।

‘आगलागी बढ्न सक्छ सचेत रहनू’
शुक्रबार, माघ ११, २०८१
उनले आजै मात्र काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलो र त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको बताए ।

प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण, दुई सय १३ जना सुडान प्रस्थान
शुक्रबार, माघ ११, २०८१
सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत दुई सय १२ जना शान्ति सैनिक सेनानी खिमबहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल एक हजार सात...

मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु
शुक्रबार, माघ ११, २०८१
उनका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सुन चाँदी दुबैको मूल्य बढयो
शुक्रबार, माघ ११, २०८१
सुन चाँदी दुबैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सोही छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी
शुक्रबार, माघ ११, २०८१
सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ ।
मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो।
साताको लोकप्रिय