मुगुका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं - त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।
सोमबार नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि नेपालीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको थियो । निधनपछि उनका परिवारले शव बुझेका थिएनन् ।
आइतबार सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि परिवारले शव बुझेको हो ।
सहमतिपछि पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी सोमबार नेपालीको अन्त्येष्टि गरिएको हो ।
प्रकाशित मिति: सोमबार, असार २९, २०८३ २१:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

