Harsamaya
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ०६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update