Harsamaya
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ ।

उनका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ । कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न अनुरोध  गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ०७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update