राष्ट्रपतिले पनि आमनागरिकलाई दशैंको टीका नलगाउने
बिहीबार, असोज १६, २०८२
देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।
‘वडादशैं विजयको उत्सव मात्र होइन् सत्य, सदाचार, सद्भाव र एकताको पर्व हो’ : वेद गुरु आचार्य (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
शारदीय नवरात्रि अन्तर्गत मनाइने बडादशैंमा नवदुर्गाको नौँ दिनसम्म पूजा आराधना गरिन्छ । घटस्थापनाबाट सुरु हुने यो अनुष्ठान, हरेक दिन पृथक् दुर्गा स्वरूपको पूजा गर्दै दशौँ दिनमा विजया दशमीको रूपमा समापन गरिन्छ ।
प्रधानमन्त्री कार्कीले बडादशैंको टीका नलगाउने
बिहीबार, असोज १६, २०८२
बडादशैँ हर्षोल्लास साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रातो टीकाले क्रान्ति र सेतोले शान्ति भाव प्रकट गराउँछ : न्यौपाने (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
उनले रातो क्रान्तिको प्रतिक, शान्तिको प्रतिक अमरत्वको प्रतिक, अटल सौभाग्यको प्रतिकका रूपमा मानिने भएकाले विजयको रूपमा त रातो धारा लाउने पनि बताए ।
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पौडेल
बिहीबार, असोज १६, २०८२
राष्ट्रपति पौडेलले भनेका छन्, ‘सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु ।’
दशैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
बिहीबार, असोज १६, २०८२
रातिको समयमा पनि सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानहरूमा पनि थोरै वर्षा हुन सक्छ ।
आज विजया दशमी : उत्तम साइत ११:५३ बजे
बिहीबार, असोज १६, २०८२
टीका प्रसाद ग्रहण गर्ने साइत आज बिहान ११ः५३ बजे उत्तम रहेको जनाएको छ । विजया दशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन भन्ने मान्यता पनि छ ।
टीका र जमरा : विजयादशमीको आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक आयाम(भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
उनी भन्छन्, ‘जमराले भगवती आमाको कृपा प्राप्त हुन्छ । पहेँलो जमरा सफलता र पूर्णताको प्रतीक हो । त्यही कारण दशैंमा जमरा टाउकोमा सजाएर मान्यजनबाट आशीर्वाद थापिन्छ ।’
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
बिहीबार, असोज १६, २०८२
प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका तपाईँले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ।
२ हजार ३ सय १६ जना घाईतेले गराए उपचार, हालसम्म ४९ जनाले गुमाए ज्यान
बुधबार, असोज १५, २०८२
अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये ४९ जनाको मृत्यु भएको सरकारले जनाएको छ । हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत छन् ।
खाँडादेवीमा बडादशैंको सरकारी पूजा सम्पन्न (भिडियोसहित)
बुधबार, असोज १५, २०८२
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले खाँडादेवीसँग बल पुकारा मागेको र विजय प्राप्त गरेपछि खाँडादेवीको सिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बिच बाटोबाट नै अलप भई खाँडादेवी आएपछि दरबारको तर्फबाट नै खाँडादेवीलाई बलि दिने प्रचलन चलाएको भनाइ रहेको छ ।
जेनजी आन्दोलनका घाइतेहरुलाई सरकारद्धारा घाइते परिचयपत्र वितरण
बुधबार, असोज १५, २०८२
दिपेन्द्रको परिचयपत्र उनकी पत्नी सँगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरूले घाइते परिचयपत्र पाएका हुन् । जेनजी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी बस्नेत ढलेका थिए । दैलेख घर भएका बस्नेतको हाल उपचार जारी छ ।
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
बुधबार, असोज १५, २०८२
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
साताको लोकप्रिय

