Harsamaya
धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने  
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - आज देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भाग तथा मधेशका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

राति कोशी, बागमती र गण्डकीका हिमाली भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update