अस्पतालको बेडबाट घाइतेहरूको चेतावनी : म्यान्डेट अनुसार नचले अन्तरिम सरकार ढालिदिन्छौँ (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
अन्तरिम सरकारले पनि जेनजी भावना र म्यान्डेट अनुसार काम गर्न सकेन भने चाँडै सुशीला कार्की नेतृत्वको सरकार ढाल्ने चेतावनी दिए । ‘जेनजी आन्दोलनको लिडर भएन भनेर कसैले कमजोर नठान्नुहोला । हामीले जे कुरा परिवर्तन गर्न सुरु गरेका थियौँ, त्यो पूरा गराएर छाड्छौँ ।
फेरियो निर्वाचन तालिका, संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने
बिहीबार, असोज १६, २०८२
आगामी फागुनमा हुने चुनावबाट आउने प्रतिनिधि सभाको कार्यकाल २०८७ सालसम्म रहनेछ । नयाँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।
प्रधानमन्त्री कार्कीले भेटिइन् 'जेनजी' आन्दोलनका मृतकका परिवार
बिहीबार, असोज १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज 'जेनजी' आन्दोलनका सहिद परिवारलाई भेटेकी छन् । बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।
अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न विपद् प्राधिकरणको आग्रह
बिहीबार, असोज १६, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो
बिहीबार, असोज १६, २०८२
यहाँका गाउँ बस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दशैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दशैं भन्दा अन्नबाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यति बेला पनि बालीनालीमै व्यस्त छन् ।
जेनजी आन्दोलनमा मधेस प्रदेशमा ७ करोड बढी क्षति
बिहीबार, असोज १६, २०८२
क्षतिग्रस्त सबै कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले २ करोड ६ लाख ७८ हजार ३ सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् ।
दशैं विगतजस्तो छैन, इन्टरनेटले सम्बन्धहरूलाई टाढा बनाएजस्तो लाग्छ’(भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
विगतको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता पाएको बताउँदै उनले इन्टरनेटका कारण मानिसहरूबिचको प्रत्यक्ष सम्बन्धमा दरार आएको उनी बताउँछन् ।
राष्ट्रपतिले लगाए टीका
बिहीबार, असोज १६, २०८२
उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गरेका हुन् ।
अस्थायी भवनमा सारियो बागमती प्रदेशको ६ मन्त्रालय
बिहीबार, असोज १६, २०८२
आगजनीबाट क्षति पुगेका८ वटा मन्त्रालयमध्ये ६ वटालाई अस्थायी रूपमा कार्य प्रारम्भ गर्न सरकारी स्वामित्वका भवनहरूमा स्थानान्तरण गरिएको छ ।
राष्ट्रपतिले पनि आमनागरिकलाई दशैंको टीका नलगाउने
बिहीबार, असोज १६, २०८२
देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।
‘वडादशैं विजयको उत्सव मात्र होइन् सत्य, सदाचार, सद्भाव र एकताको पर्व हो’ : वेद गुरु आचार्य (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
शारदीय नवरात्रि अन्तर्गत मनाइने बडादशैंमा नवदुर्गाको नौँ दिनसम्म पूजा आराधना गरिन्छ । घटस्थापनाबाट सुरु हुने यो अनुष्ठान, हरेक दिन पृथक् दुर्गा स्वरूपको पूजा गर्दै दशौँ दिनमा विजया दशमीको रूपमा समापन गरिन्छ ।
प्रधानमन्त्री कार्कीले बडादशैंको टीका नलगाउने
बिहीबार, असोज १६, २०८२
बडादशैँ हर्षोल्लास साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रातो टीकाले क्रान्ति र सेतोले शान्ति भाव प्रकट गराउँछ : न्यौपाने (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
उनले रातो क्रान्तिको प्रतिक, शान्तिको प्रतिक अमरत्वको प्रतिक, अटल सौभाग्यको प्रतिकका रूपमा मानिने भएकाले विजयको रूपमा त रातो धारा लाउने पनि बताए ।
साताको लोकप्रिय

