Harsamaya

दार्चुला - अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेपछि नदी आधा थुनिएको छ । पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि १९५५ तथा विपद्का समयमा सहयोग आवश्यक परे १२३४ मा सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा समेत सम्पर्क गर्न सकिने जनाएको छ ।

विपद्का समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा समेत जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८७२७७७७ र सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८७२४६६६ उपलब्ध गराएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय दार्चुलाको लागि ९८५१२९४९११ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका लागि ९८६०३४११७६ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update