रसुवा बाढीमा मानवीय क्षति १२३४, १३ हजारभन्दा बढीको उद्धार
काठमाडौं - रसुवाको भोटेकोशी बाढीपछि हालसम्म १ हजार २३४ जनाको मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले शुक्रबार साँझ ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ४ हजार १५७, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरीले ४ हजार ५७० जनाको उद्धार गरेका छन्।
बाढीका कारण सम्पर्कविहीन हुनेको संख्या करिब ५ हजार ५३ रहेको छ। रसुवा जिल्ला प्रशासनबाट करिब २ हजार १३०, नुवाकोटबाट करिब २ हजार ३४० तथा विदेशी नागरिक ५८३ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ २१:१०
प्रतिक्रिया दिनुहोस्

