Harsamaya
ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमायाको निधन 
- ललितपुर महानगरकी १०६ वर्षीया ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन ।

ललितपुर - ललितपुर महानगरकी १०६ वर्षीया ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन भएको छ । 

उनको शुक्रवार बिहान निधन भएको हो । मनमायाको पार्थिव शरीरलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पुष्प गुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे । 

नगर प्रमुख महर्जनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै धर्य गर्न अनुरोध गरे । 

मनमाया महर्जनको विशेष सम्मानमा महानगरपालिकाले  अघिल्लो वर्ष कार्यक्रम आयोजना गरेको थियो । नगर प्रमुख महर्जनले ज्येष्ठ नागरिकको अनुभव र ज्ञान नयाँ पुस्ताको महत्वपूर्ण सामग्री हुने बताउँदै त्यसको संरक्षण गर्नु सबैको कतव्र्य भएको बताए । 

मनमायाका नाति विक्रम महर्जनका अनुसार उनी केही दिन देखि बिरामी थिइन् । मनमायाका १ छोरा र दुई छोरी छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update