रसुवा–नुवाकोटमा तत्काल ठूलो बाढीको सम्भावना छैन
काठमाडौं - रसुवा तथा नुवाकोटमा हिमताल विस्फोट भएर बाढी आउन सक्ने भन्दै फैलिएका हल्लाका विषयमा तत्काल ठूलो बाढी आउने सम्भावना नरहेको जनाइएको छ।
सम्बन्धित केन्द्रले चिनियाँ समकक्षी निकायसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने अवस्था नरहेको केन्द्रको भनाइ छ।
केन्द्रले पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिन र संयमित रहन आग्रह गरेको छ।
बाढीको सम्भावना देखिएमा केन्द्रबाट एसएमएसमार्फत पूर्वसूचना पठाइने जनाइएको छ। थप जानकारी आवश्यक परेमा केन्द्रको टोलफ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ २१:०४
प्रतिक्रिया दिनुहोस्

