Harsamaya
खाँडादेवीमा बडादशैंको सरकारी पूजा सम्पन्न (भिडियोसहित)
खाँडादेवीमा बडादशैंको सरकारी पूजा सम्पन्न (भिडियोसहित) नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले खाँडादेवीसँग बल पुकारा मागेको र विजय प्राप्त गरेपछि खाँडादेवीको सिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बिच बाटोबाट नै अलप भई खाँडादेवी आएपछि दरबारको तर्फबाट नै खाँडादेवीलाई बलि दिने प्रचलन चलाएको भनाइ रहेको छ ।
जेनजी आन्दोलनका घाइतेहरुलाई  सरकारद्धारा घाइते परिचयपत्र वितरण
जेनजी आन्दोलनका घाइतेहरुलाई  सरकारद्धारा घाइते परिचयपत्र वितरण दिपेन्द्रको परिचयपत्र उनकी पत्नी सँगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरूले घाइते परिचयपत्र पाएका हुन् । जेनजी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी  बस्नेत ढलेका थिए ।  दैलेख घर भएका  बस्नेतको हाल  उपचार जारी छ । 
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
दशैं मान्न मुम्बईबाट घर फर्किएका  शिवमको हत्या
दशैं मान्न मुम्बईबाट घर फर्किएका शिवमको हत्या जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुई समूहबिचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।
सारिका घिमिरे भन्छिन् :  ‘दशैं संस्कृति हो, देखासिकी होइन’ (भिडियोसहित)
सारिका घिमिरे भन्छिन् :  ‘दशैं संस्कृति हो, देखासिकी होइन’ (भिडियोसहित) सानो छँदा नयाँ लुगा पाउँदा जति खुसी लाग्थ्यो, त्यो आज यो सफलताको उचाइमा पुग्दा कहाँ आउँछ र ! दशैं आउँछ भनेर हप्तौँअगाडि नै लुगा किनेर राखिदिनुहुन्थ्यो । त्यो लुगा लगाएर गाउँभरि देखाउन जाने गर्थेँ ।
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुमारी र दिपेश वली घाइते भएका छन् ।
राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान
राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।
राष्ट्रपति  पौडेलले गरे नवकन्याहरूको पूजा
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए । राष्ट्रपतिको सचिवालयका अनुसार बाल मन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरेका हुन् ।
तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही गर्न : यातायात मन्त्री घिसिङ
तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही गर्न : यातायात मन्त्री घिसिङ चाडबाडको मौका छोपी बढी भाडा दर असुल्ने गरेको, टिकटको कालोबजारी गरेको लगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्।
आज तलेजु भवानी मन्दिर सबैको लागि खुला
आज तलेजु भवानी मन्दिर सबैको लागि खुला हनुमान ढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुग्ने गर्छन् । 
महानवमी : कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन् (भिडियोसहित)
महानवमी : कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन् (भिडियोसहित) यस दिन गरिएको पूजा, आराधना र कन्या पूजनले भक्तजनहरूलाई आध्यात्मिक सन्तोषका साथै सामाजिक सद्भाव र आत्मिक बल पनि प्रदान गर्ने जनविश्वास रहिआएको छ ।
Weather Update