Harsamaya
तराईमा हावाहुरी, पहाडी भेगमा वर्षा हुने
मौसम पूर्वाुनमान महाशाखा ।

काठमाडौं - देशभर आज सामान्यतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ।

दिउँसो हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी प्रदेशको तराईका केही तथा मधेश, बागमती र गण्डकीका तराईका थोरै स्थानमा वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update