Harsamaya
गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्याय ।

वीरगन्ज - गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको निधन भएको छ।

पर्साको वीरगन्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिरअगाडिको चौतारोमा बुधबार अचेत अवस्थामा भेटिएका थिए । स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुर्‍याएको थियो।

अस्पताल पुर्‍याउँदा उनी अचेत अवस्थामा रहेको र चिकित्सकले उपचारका क्रममा निधन भइसकेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए । 

तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायको शव नारायणी अस्पतालमै राखिएको छ। उनका परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update