Harsamaya
माइक्रोबसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कैलाली - कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा माइक्रोबसको ठक्करबाट बाटो काट्दै गरेकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्वस्तिका न्यौपाने रहेकी छन्। आज बिहान बाटो काट्ने क्रममा माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएकी न्यौपानेको उपचारका क्रममा बिहान ११ः०७ बजे टीकापुर अस्पतालमा मृत्यु भएको हो।

घटनामा संलग्न सु.प.प्र.०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसका चालक प्रताप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update