त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
काठमाडौं - त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
भोटेकोशीमा बाढी आएको १० दिनपछि आयोजनाको सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको जीवितै उद्धार गरिएको हो।
बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए। सुरुङभित्र अझै अन्य व्यक्ति रहेको आशंका गरिएको छ। उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालन गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ ०९:५७
प्रतिक्रिया दिनुहोस्

