चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
बुधबार, वैशाख २४, २०८२
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, बिहान ११ बजे बस्ने संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१ माथि छलफल हुने कार्यसूची छ ।
बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा सामान्य चाेट
बुधबार, वैशाख २४, २०८२
राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किसकेका छन् । उनको अहिले स्वास्थ्य अवस्था सामान्य छ ।
भारत र पाकिस्तान दुबैलाई संयम हुन राष्ट्रसंघकाे आग्रह
बुधबार, वैशाख २४, २०८२
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल
बुधबार, वैशाख २४, २०८२
बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
तिनवटा मासैमी प्रणाली सक्रिय, यी प्रदेशमा वर्षाको सम्भावना
बुधबार, वैशाख २४, २०८२
देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको...
तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बुधबार, वैशाख २४, २०८२
काममा केही चुनौती देखिए पनि मेहनत गर्दा सफल भइनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसी रहनेछ । अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। व्यावहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो...
गण्डकी कोटिहोममा आज सामूहिक व्रतबन्ध गरिदैं
मंगलबार, वैशाख २३, २०८२
सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक महत्त्व त छँदैछ, साथै समय, खर्च र व्यवस्थापनमा पनि सहजीकरण हुने जानकारी गराएका छन् । गण्डकी कोटिहोममा हाल श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ भव्य रूपमा चलिरहेको छ ।
एनआरएनएमा छुटेकाहरुलाई समेट्नुहोला : मन्त्री राणा
मंगलबार, वैशाख २३, २०८२
मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग सहकार्य गरेर नेपालको उन्नतिमा साथ दिन अपिल पनि गरिन् । मध्यपूर्व, खाडी मात्र नभइ संसारका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारिन् ।
एमाले नेता प्रदिप नेपालको निधन
मंगलबार, वैशाख २३, २०८२
उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए। रोगले थलिएका उनी पछिल्लो समय राजनीतिमा निष्क्रिय थिए।
त्रियुगा नदीले बस बगायो
मंगलबार, वैशाख २३, २०८२
गएराति जन्ती पुर्याएर फर्किने क्रममा त्रियुगा नदीमा बस फसेको थियो । बसमा चालक र सहचालक मात्रै रहेकाले उनीहरू सकुशल रहेको इलाका प्रहरी कार्यालय सिवाईले जनाएको छ ।
पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित
मंगलबार, वैशाख २३, २०८२
अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमबार तीन दिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो ।
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा
मंगलबार, वैशाख २३, २०८२
सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु
मंगलबार, वैशाख २३, २०८२
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।
साताको लोकप्रिय

