Harsamaya
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 

काठमाडौं - आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक  बस्ने भएको हो ।

११ बजे बस्ने  अर्थ समितिको बैठकमा  वार्षिक प्रतिवेदन मस्यौदा उपसमितिबाट तयार गरिएको समितिको वार्षिक प्रतिवेदन प्रस्तुत एवं छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

यस्तै दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update