Harsamaya
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु

काठमाडौं - जेनजीको प्रदर्शनमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरूमध्ये हालसम्म पाँच जनाको पहिचान खुलेको ट्रमा सेन्टरले जानकारी दिएको छ ।

सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो।

सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन्।

काठमाडौंको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको थियो।

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update