संसद् भवन बाहिर आजपनि आक्रोशित युवाहरू

काठमाडौं - जेनजीको प्रदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् । मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर सर्वसाधारण युवाहरू आक्रोशित मुद्रामा देखिएका हुन् ।
संसद् भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरूले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ ।’ उनले थप भने,‘जेनजी पुस्ताका युवाहरूलाई आज पनि माइतीघर मण्डलामा आउनको लागि आव्हान गरिसकेको छ । म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपाली सेनाका साथीहरूलाई यो भन्छु कि छोराहरूको बलिदान सम्झिनु पर्यो ।’
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ ०९:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय