Harsamaya
जेनजीको आन्दोलनमा सहभागी सिन्धुपाल्चोकका मदनको पाखुरामा गोली लाग्यो, ट्रमामा सफल शल्यक्रिया 
बलेफि गाउँपालिका-८ घर भएका करिब २५ वर्षका मदन कार्की ।

काठमाडौं - जेन-जी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका एक युवाको शल्यक्रिया सफल भएको छ ।

बलेफि गाउँपालिका-८ घर भएका करिब २५ वर्षका मदन कार्की गोली लागेर घाइते भएका थिए ।  

उनको राष्ट्रिय ट्रमा सेन्टरमा सफल शल्यक्रिया भएको उनका मामा रविन्द्र खड्काले जानकारी दिए । जेन-जी आन्दोलनमा सहभागी भएको उनको छातीमा प्रहरीको गोली लागेको थियो ।

सो आन्दोलनमा १९ जनाको मृत्यु भएको छ भने ४ सय बढी घाइते भएका छन् ।

यो पनि पढ्नुहोस

भाद्र २३ : कालाे दिन , देशमा दिनभर के-के भयो ?

उनको पाखुरामा गोली लागेको हुनुपर्नेमा छातीमा गोली लागेको भनिएकोमा सच्याइएको छ । सम्पादकीय

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update