रमेश लेखकको घरमा तोडफोड
काठमाडौं - निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् ।
नैकापस्थित लेखकको घरमा युवाहरुले तोडफोडसहित आगजनी प्रयास गरेको सचिवालयले जनाएको छ । लेखकको घर अगाडि प्रदर्शन भइरहेको छ ।
काठमाडौंको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो भने यसैकारण लेखकले सोमबार साँझ राजीनामा पनि दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

