Harsamaya
मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु उनका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सुन चाँदी दुबैको मूल्य बढयो
सुन चाँदी दुबैको मूल्य बढयो सुन चाँदी दुबैको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सोही छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 
कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी
कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो।
कुवामा डुबेर वृद्धाको मृत्यु
कुवामा डुबेर वृद्धाको मृत्यु कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । 
देशभक्त छोरो मर्दा देशै रूँदो रैछ...
देशभक्त छोरो मर्दा देशै रूँदो रैछ... ६८ वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको उनको भनाइ थियो । मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताए । 
आजको राशिफल: तपाईको भाग्यले के भन्छ?
आजको राशिफल: तपाईको भाग्यले के भन्छ? आजका १२ राशिका लागि दिनले विभिन्न अवसर र चुनौतीहरू ल्याएको छ। कुनै राशिका लागि व्यापारमा फाइदा हुनेछ भने कसैका लागि शैक्षिक क्षेत्रमा विशेष सफलता मिल्नेछ। यहाँ आजको राशिफलको प्रमुख अंश प्रस्तुत छ:
यस्तो हुनेछ आज दिनभरको मौसम
यस्तो हुनेछ आज दिनभरको मौसम हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ।
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो । सो दुर्घटनामा  मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छिन् । दुवैजना आमा छोरी हुन् ।
असनमा आगलागीबाट ३५ लाखको क्षति
असनमा आगलागीबाट ३५ लाखको क्षति बिहीबार दिउँसो असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँ तलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युत्को तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिए । 
शालीनली मेलालाई ध्यानमा राखी भक्तपुरबाट साँखुसम्म यातायात सञ्‍चालन (भाडा सूचीसहित)
शालीनली मेलालाई ध्यानमा राखी भक्तपुरबाट साँखुसम्म यातायात सञ्‍चालन (भाडा सूचीसहित) सो मिनीबस भक्तपुरको सूर्यविनायक हुँदै जगाती, कमलविनायक, डेकोचा, चाँगुनारायण न्याचोपौवा, मंगलटार, सुष्मा कोइराला अस्पताल, सलम्बुटार, साँखु बसपार्क र शालिनदी पुग्नेछ । सुर्यविनायकबाट साँखु जान ६० रुपैयाँ बसभाडा लाग्ने सो मिनीबस सेवा समितिले जनाएको छ । 
‘शुक्रराज शास्त्री जसको शव दुई दिनसम्म रुखमा झुण्ड्याइएको थियो’ 
‘शुक्रराज शास्त्री जसको शव दुई दिनसम्म रुखमा झुण्ड्याइएको थियो’  वि. सं. १९५० सालमा बनारसमा शुक्रराज शास्त्रीको जन्म भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए  । त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषी बीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए...
Weather Update