निकोलस भुसाल गोरखाबाट पक्राउ
काठमाडौं - प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । गोरखा नगरपालिका–८ रानीवनबाट पक्राउ परेका भुसाल अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा छन्।
उनीसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकले जानकारी दिए ।
भुसालले सरकारले २३ र २४ भदौमा गोली चलाएर नागरिकको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गृह प्रशासनले पक्राउ नगरेको भन्दै विरोध जनाउँदै आएका थिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ १५:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

