Harsamaya
मोटरसाइकल दुर्घटनाः दुईजनाको मृत्यु, एक घाइते
प्रतिकात्मक तस्वीरः हर समय/harsamaya

अर्घाखाँची - अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा एकजना घाइते भएका छन् ।

पाणीनी गाउँपालिका–३, दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक पाणिनी–४, निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीले जानकारी दिए ।

सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खज्र्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । एउटै मोटरसाइकलमा तीनजना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update