Harsamaya
पश्चिमी वायुको प्रभाव‚ दुई दिन पश्चिमी भूभागमा वर्षाको संभावना
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपालमा पश्चिमी वायुको प्रभावका कारण वर्षाको संभावना बढेको छ । आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ । 

आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणता बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभाव गण्डकीबाट पूर्व भने खासै धेरै नपर्ने विभागले बताएको छ । यसको प्रभाव काठमाडौंमा पनि खासै धेरै पर्ने छैन । काठमाडौंमा फाट्टफुट्ट वर्षा हुनसक्ने विभागले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update