जनकपुर - जनकपुरधाममा विद्यापति स्मृति पर्व २०८२ मनाइएको छ । सोमबार आज जनकपुरधामस्थित विद्या पति चोकमा आयोजित विद्यापति स्मृति पर्व समारोहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर र मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संयुक्त रूपमा विद्या पतिको प्रतिमामा माल्यार्पण गरेर स्मृति पर्व मनाइएको छ ।
सो अवसरमा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सोनलले मैथिली भाषाका महाकवि विद्या पतिको महानताको चर्चा गरेका थिए । उनले नेपालमा राज्यद्वारा प्रदान गरिने सबै भन्दा ठुलो सम्मान विद्या पतिलाई दिइनु पर्नेमा आफ्नो प्रयास रहने बताए । मुख्यमन्त्री सोनलले विद्यापतिको सबैभन्दा लोकप्रीय भनाई देशील बैना सब जन मिठ्ठा भन्नु अर्थ बताउँदै सबैले आफ्नो मातृ भाषाप्रति गर्व गर्नुपर्ने बताए ।
कार्यक्रममा लोसपा अध्यक्ष ठाकुरले विद्या पतिको नाम मिथिला क्षेत्रमा मात्र नभएर उत्तरी एसिया र दक्षिण एसियाका विभिन्न क्षेत्रहरूमा पनि रहेको बताए । उनले विद्या पति मिथिलाको मात्र नभएर नेपालकै लागि गर्व गर्ने पात्र भएको उल्लेख गरे ।

