मेची हाइवे र तमोर करिडोरमा यातायात बन्द आव्हान (विज्ञप्तिसहित)
आइतबार, माघ १३, २०८१
मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्द आव्हान गरिएको छ । फुङलिङ नगरपालिका- ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका विभिन्न संघ संस्थाले आइतबार एक विज्ञप्ति जारी गर्दै माघ १५ बाट अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन् ।
सुन–चाँदीको भाउमा गिरावट, यस्तो छ आजको मूल्य
आइतबार, माघ १३, २०८१
नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।
नाचिन छाडे धाननाच
आइतबार, माघ १३, २०८१
पूर्वी नेपालमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ ।
६ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व संकलन
आइतबार, माघ १३, २०८१
भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा तीन करोड ४७ लाख १४ हजार संकलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व संकलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ ।
अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला
आइतबार, माघ १३, २०८१
‘अन्दाजी १४-१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ।’
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, माघ १३, २०८१
हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।
आजको राशिफल
आइतबार, माघ १३, २०८१
बि.सं. २०८१ माघ १३ गते आइतबार, ई.सं. २०२५ जनवरी २६, नेपाल सम्बत ११४५ पोहेलागा द्वादशी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण द्वादशी। आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे, सूर्यास्त साँझ ०५: ३८ बजे हुनेछ ।
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
शनिबार, माघ १२, २०८१
मोरङको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन
शनिबार, माघ १२, २०८१
नेपालीहरूको भविष्यलाई समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरूले बताएका थिए ।
काठमाडौंमा रूख कटानले सबैभन्दा बढी विपत्ति
शनिबार, माघ १२, २०८१
त्यसैगरी विद्युत्बाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् ।
कमला नदीमा भइरहेको अवैध उत्खनन रोक्ने प्रयास जारी
शनिबार, माघ १२, २०८१
लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गर्दै आएका वैकल्पिक रूपमा प्रयोग गरिने बाटोलाई खनेर बन्द गर्ने, निगरानी गर्ने, उत्खननको काममा संलग्न ट्र्याक्टर तथा अन्य उपकरण नियन्त्रणमा लिनेलगायत काममा प्रहरीले सक्रियता बढाएको हो ।
प्रहरी जवानको उपचारका क्रममा मृत्यु
शनिबार, माघ १२, २०८१
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु
शनिबार, माघ १२, २०८१
गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ ।
साताको लोकप्रिय

