Harsamaya
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
गृहमन्त्री ओमप्रकाश अर्याल र्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौंको चपलीस्थित घरको अवलोकन गर्दै ।

काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौंको चपलीस्थित घरको अवलोकन गरेका छन् । 

पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौंको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए । 

त्यसैगरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुर बागडोलस्थित निवासको अवस्था बुझ्न पुगेका थिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update