Harsamaya
बालेनविरुद्ध साइबर व्यूरोमा जाहेरी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ।

काठमाडौं - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी दिएको छ । 

सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी देशहरुलाई गाली गरेको कसुरमा युवा संघले बालेन साहविरुद्ध जाहेरी दिएको हो ।

जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरि सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको र अन्तराष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानून बमोजिम कारवाही गर्न माग गरिएको राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले जानकारी दिए । 

जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको उनले बताए । 

बालेनले केहिदिन अघि अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस फेसबुकमा राखेका थिए। स्टाटसको आलोचना भएपछि बालेनले फेसबुकबाट हटाएका थिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update