जाँचबुझ आयोगले सोध्यो आईजीपी खापुङसँग स्पष्टीकरण
काठमाडौं - भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि बनेको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग दोस्रोपटक स्पष्टीकरण माग गरेको छ ।
यसअघि आयोगले प्रहरी प्रधान कार्यालयसँग भदौ २३ गते फिल्डमा खटिएका प्रहरी अधिकारीको रेकर्ड माग गरेको थियो ।
जवाफमा प्रहरी प्रधान कार्यालयले त्यस दिनमा जवानदेखि आईजीपीसम्मै फिल्डमा खटिएको जवाफ पठाएपछि आयोग रुष्ट बनेको छ । प्रहरीको जवाफ चित्त नबुझेपछि आयोगले बयानका लागि प्रहरी प्रमुखलाई नै बोलाएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले माग गरेको जवाफ पनि प्राप्त नगरेको बताए । आयोगले संसद् भवनको सुरक्षामा खटिएका कमान्डर र जवान तथा उपत्यका बाहिर खटिएका सबैको विवरण आयोगले माग गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ २१:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

