Harsamaya
पूर्व राष्ट्रपति भण्डारीले भनिन्- सबै दलको सहभागितामा समयमै निर्वाचन गराउनुपर्छ
गृहमन्त्री अर्याल र पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

गृहमन्त्री अर्यालले पूर्व राष्ट्रपति भण्डारीको निवासमा पुगेर उनीसँग भेट गरी अवस्था बिस्तारै सामान्यीकरण हुँदै गएको र सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिएर निर्वाचन गर्न तयार रहेको जानकारी गराए ।

पूर्व राष्ट्रपति भण्डारीले निर्वाचनमा सबै दललाई सहभागी गराउन आग्रह गर्दै निर्वाचन समयमा भएमा राष्ट्रलाई राम्रो हुने बताए । उनले अहिलेको अवस्थाको सुरक्षित अवतरण गर्नुपर्ने र परिस्थितिलाई सम्हालेर अघि बढ्न सुझाव दिइन् ।

यसअघि, आजै गृहमन्त्री अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौंको चपली स्थित पूर्व राष्ट्रपति भण्डारीको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update