Harsamaya
कृत्रिम घटनामा आधारित भिड नियन्त्रण तथा कर्फ्यु सम्बन्धी संयुक्त अभ्यास सम्पन्न
संयुक्त अभ्यास

सिन्धुपाल्चोक - सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वार्टर सिन्धुपाल्चोकको परिसरमा कृत्रिम घटनामा आधारित भिड नियन्त्रण तथा कर्फ्यु सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ।

kritim1-1762356462.png
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो। यस्तै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेल र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल विशेष अतिथि रहेको थियो । 

kritim3-1762356434.png
सशस्त्र प्रहरी बल नेपाल नं.१६ गण हेडक्वाटर सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त सहभागितामा सम्पन्न उक्त अभ्यासमा भिड नियन्त्रण र कर्फ्यु व्यवस्थापनसँग सम्बन्धित तालिम दिइएको हो ।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय सञ्चारकर्मी र अन्य सुरक्षाकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

kritim-main-1762356474.png
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update