Harsamaya
पत्रकारले गरे अपरिचित युवाको उद्धार 
न्यूज व्यूरो नेपालका सिरहा संवाददाता सविन यादव (सविन बाबु) सहित उद्धार गरिएका युवा ।

सिरहा - न्यूज व्यूरो नेपालका सिरहा संवाददाता सविन यादव (सविन बाबु) ले एक अपरिचित युवाको मानवीय उद्धार गरेका छन् । सिरहाको नरहा गाउँपालिका–३, नयाँ चौक चोहर्वा क्षेत्रमा करिब एक वर्षदेखि मागी खाने गर्दै आएका ती युवालाई यादवले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरी मानव सेवा आश्रम, चपुरमा पुर्याएका हुन् । 

पत्रकार यादवले अलपत्र अवस्थामा रहेका ती युवाको अवस्थाबारे सामाजिक सञ्जालमा जानकारी सार्वजनिक गर्दै सहयोगका लागि आह्वान गरेका थिए । उक्त आह्वानपछि देश–विदेशका युवासहित स्थानीय जनप्रतिनिधी सहयोगी हातहरूले आर्थिक सहयोग गरेका थिए । त्यसपछि जम्मा भएको रकमबाट यादवले ती युवालाई उद्धार गरी सुरक्षित रूपमा आश्रममा आवासको व्यवस्था गरिदिएका हुन् । 

युवालाई आश्रममा पुर्याउँदा पत्रकार यादवले नगद रु. १० हजार सहयोग गरेका थिए । उनले भने, सहयोग गरेको नगदले मानव सेवा आश्रमले सुत्नका लागि डस्ना, तन्ना, सिरक तथा आवश्यक खाद्यान्न खरिद गर्नका लागि प्रयोग गरेको छ । 

सहयोग हस्तान्तरणपछि यादवले भने, ‘सेवा नै धर्म हो । समाजमा कोही अलपत्र, असहाय वा सहयोगको अपेक्षामा छ भने हामी सबैको दायित्व हुन्छ । सामाजिक सञ्जालको सकारात्मक प्रयोगमार्फत उद्धार सम्भव भएकोमा म अत्यन्त खुसी छु।’

उद्धार अभियानमा साथ र सहयोग पुर्याउने सबैप्रति उनले आभार व्यक्त गर्दै भने, ‘यदि सिरहामा पनि कुनै व्यक्ति अलपत्र वा असहाय अवस्थामा भेटिएमा कृपया मलाई जानकारी गराउनुहोस्, म सक्दो सहयोग गर्नेछु ।’

त्यसैगरी मानव सेवा आश्रम, रौतहटका प्रमुख काशिराम जोशीलले भने, ‘सेवा नै धर्म हो भन्ने उद्देश्यले पत्रकार यादवले देखाउनुभएको मानवीय कार्य सराहनीय छ, भन्दै धन्यवाद ज्ञापन सहित पत्रकार यादबलाइ मानव धर्म निर्वाह गरे बापत प्रमाणपत्र समेत आश्रमले प्रदान गरेका छन्।

पत्रकार यादवले गरेको मानवीय कार्यप्रति वरिष्ठ पत्रकार तथा मार्गानुगामी राष्ट्रिय दैनिकका सञ्चालक रामबाबु यादवले प्रशंसा व्यक्त गर्दै हार्दिक धन्यवाद दिएका छन्। सञ्चालक यादवले अगामी दिनहरूमा पनि असहाय, अलपत्र तथा आर्थिक रूपमा विपन्न परिवारहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update