Harsamaya
बैदाममा देउसी भैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद

कास्की - बैदामस्थित वडा प्रहरी कार्यालयले देउसी भैलो खेलेर जम्मा भएको रकमले एक थान मोटरसाइकल खरिद गरेको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारी साधनमानसमेत आगजनी गरिएपछि प्रहरीलाई गस्ती तथा शान्ति सुरक्षा कायम गर्न साधन स्रोतको अभाव भएको छ ।

देउसी भैलो खेलेर संकलित रकममा कार्यालयले केही थप गरी दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । उनका अनुसार देउसीबाट दुई लाख २१ हजार ५१४ जम्मा भएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update