Harsamaya
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
पत्रकारमाथि धम्की: प्रेस स्वतन्त्रतामाथि खतराको घण्टी (प्रेस विज्ञप्तिसहित)
पत्रकारमाथि धम्की: प्रेस स्वतन्त्रतामाथि खतराको घण्टी (प्रेस विज्ञप्तिसहित) नेपाल पत्रकार महासंघले पत्रकारमाथि हुने धम्की र आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । महासंघका राष्ट्रिय परिषद् सदस्य तथा हिमालखबर डटकमका संवाददाता गोपाल दाहाललाई समाचार प्रकाशनको विषयलाई लिएर धम्की दिइएपछि यो घटना सार्वजनिक भएको हो । 
तरकारीमा विष! कालीमाटीमा रातभर परीक्षण, खान अयोग्यसम्म भेटियो (प्रेस नोटसहित)
तरकारीमा विष! कालीमाटीमा रातभर परीक्षण, खान अयोग्यसम्म भेटियो (प्रेस नोटसहित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी तरकारी बजारमा भित्रिने तरकारीको विषादी परीक्षण गरेको छ ।  विभागले सञ्चालनमा ल्याएको मोबाइल फुड ल्याब भ्यानमार्फत् विभागको स्यापिड रेसपोन्स टिम(आरआरटी) मार्फत त्यस्तो परीक्षण गरिएको हो । मंगलबार राती ११ बजेदेखि बुधबार बिहान ४ बजेसम्म गरिएको थियो । 
सुन चाँदीको भाउ घट्यो
सुन चाँदीको भाउ घट्यो नेपाली बजारमा बिहिबार सुन चाँदीको भाउ घटेको छ। आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
सौर्य जहाज दुर्घटनाः न्यायका लागि पत्रकार महासंघले खवरदारी गर्ने
सौर्य जहाज दुर्घटनाः न्यायका लागि पत्रकार महासंघले खवरदारी गर्ने सौर्य जहाज दुर्घटनाका पीडित परिवारको न्यायका लागि नेपाल पत्रकार महासंघले खवरदारी गर्ने भएको छ ।  दुर्घटनाको छैटौँ मासिकको पुण्यतिथि आयोजित ‘सौर्य जहाजः दुर्घटना कि अपराध’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघले पीडितको पक्षमा खवरदारी गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । 
देशभरको मौसम सफा रहने पूर्वानुमान
देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।
जिपको ढोकाबाट खसेर दुई जना घाइते
जिपको ढोकाबाट खसेर दुई जना घाइते डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन्। बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेरोजिपको ढोकाबाट खस्दा ५३ वर्षीय गणेश दमाइ र उनका छोरा ५ वर्षीय प्रशान्त दमाइ घाइते भएका जिल्ला पहरी कार्यालय डडेल्धुराले जनाएको छ। 
लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो
लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो लाहानका किसानले खुट्टी खोलाको नहरलाई नगर प्रमुखले शौन्दर्यकरणको नाममा भूमाफियाको मिलोमतोमा जनविरोधी कार्य गरेको भन्दै पालिकाविरुद्ध आन्दोलन चर्किएको छ। सिरहाको लाहान नगरपालिकाका मेयर महेश प्रशाद चौधरीले भूमाफियासँगको साँठगाँठमा किसान र अदालतको आदेश विपरित लाहानको ऐतिहासिक खुट्टी नहरलाई ढलमा परिणत गर्ने निर्णयविरुद्ध किसानहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरको हो । 
आजको राशिफल : सफलता, प्रेम र अवसरका नयाँ संकेतहरू !
आजको राशिफल : सफलता, प्रेम र अवसरका नयाँ संकेतहरू ! आजको ग्रह-नक्षत्रको चालले तपाईँको जीवनमा के प्रभाव पार्दैछ? मेहनत, सफलता, र प्रेमका विशेष संकेतसहित प्रस्तुत छ दैनिक राशिफल ! मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।
बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल 
बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल  गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन् ।
चार जनाको शव फेला
चार जनाको शव फेला  देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।  
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ । शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न जानुभएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ । 
Weather Update