Harsamaya
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
कुलेखानी जलाशय ।

हेटौंडा - बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ । 

असोज १७ र १८ गतेको अविरल वर्षाका वर्षाका १५१२ मिटर पुगेको जलाशयको सतह पछिल्लो वर्षाले सामान्य बढेको हो ।

शनिबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५  सय १६ दशमलव १२ मिटर पुगेको सशस्त्र प्रहरी बल सिमखोला का प्रहरी निरीक्षक अमृत थापाले बताएका छन् ।

चित्लाङ, मार्खु, फाखेल, वज्रवराहीलगायत जलाधार क्षेत्रमा कार्तिक १४ र १५ गते  शुक्रवार र शनिबार वर्षा भएकोले जलाशयमा पानीको सतह बढेको हो ।

कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । कुलेखानीको पानीले नेपाल विद्युत् प्रधिकरणको स्वामित्वमा रहेको कुलेखानी प्रथम, द्वितीय र तृतीय जलविद्युत आयोजनाबाट क्रममा ६० मेगावाट, ३२ मेगावाट र १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुदै आएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update