बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
बैतडी - बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो । उनका नाति २० वर्षीय महेश साउद घाइते भएका छन् ।
दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

