संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, जेठ १४, २०८२
मङ्गलवार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ ।
भिजिट भिसाको नाममा लुट्ने काम २०६४ सालदेखि नै सुरु भयो - मनिष झा (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात् उनले २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगरीमा महिलाहरूलाई बन्देज गरेपछि सुरु भएको भिजिट भिसाको सञ्जाल ठूलो रहेको भन्दै यो कुनै राजनीतिक संरक्षक बिना सम्भव नभएको बताए ।
सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा भयो होला भनेको मेरै बारेमा मात्रै भएछ - डा. शेखर
मंगलबार, जेठ १३, २०८२
विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन गर्दै कोइरालाले भने- ‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिंदै जाने ?’, कोइरालाले प्रश्न गरे ।
घटनाको गहिराइमा नपुगी राजीनामा माग्ने प्रवृत्ति गलत : डा.मिनेन्द्र रिजाल (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढि चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
२७) नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री दिनानाथ मिश्रलाई बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने ।
२८) निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गर्ने ।
प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित
मंगलबार, जेठ १३, २०८२
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अवरोध गरेका थिए।
जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।
गृहमन्त्री माथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने
मंगलबार, जेठ १३, २०८२
रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका हुन् ।
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
मंगलबार, जेठ १३, २०८२
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए ।
भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन
मंगलबार, जेठ १३, २०८२
यस्तै, उनले अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ भएको बताए ।
राप्रपा संसदीय दलको बैठक बस्दै
मंगलबार, जेठ १३, २०८२
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन, गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीको राजीनामा माग्ने विपक्षी दलको तयारी
मंगलबार, जेठ १३, २०८२
प्रतिपक्षी दलहरूले भने आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन् । भिजिट भिसा प्रकरणमा अनुसन्धान भइरहेकोले मन्त्री लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडान छ ।
लाखौँ जनता सडकमा आए भने एक दिनमै गणतन्त्र समाप्त हुन्छ : लिङ्देन (भिडियोसहित)
सोमबार, जेठ १२, २०८२
त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफै अगाडि आउने भन्ने आफैमा भर पर्ने बताए । उनले भ्रष्टाचारीका विरुद्ध एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको संविधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे ।
साताको लोकप्रिय

