Harsamaya

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसाको नाममा लुट्ने काम २०६४ सालदेखि नै सुरु भएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात् उनले २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगरीमा महिलाहरूलाई बन्देज गरेपछि सुरु भएको भिजिट भिसाको सञ्जाल ठूलो रहेको भन्दै यो कुनै राजनीतिक संरक्षक बिना सम्भव नभएको बताए । 

उनले भने, ‘किन लुट्नु भयो भन्ने कुरा मात्र हो । कर्मचारीप्रति कुनै सरोकार छैन् । तपाई(गृहमन्त्री)जिम्मेवारीको प्रश्न छ । यो विषय अहिले आएर उब्जिएको एउटा कथा मात्र हो । तर नेपालमा यो चलिरहेको थियो । २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगारीमा जान महिलाहरुलाई जुन किसिमको बन्देज गरियो, त्यसपछि लुटेराहरूले संजाल नै बनाएर लुट्न सुरु गरेका हुन् । यसमा राजनीतिक संरक्षण छ ।’

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update