Harsamaya
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन - गृहमन्त्री लेखक
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन - गृहमन्त्री लेखक बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको र असत्य हल्ला फैलाइएको दाबी गरे । 
७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ - मनिष झा (भिडियोसहित)
७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ - मनिष झा (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र २० हजार फर्काइएको भन्दै यस्तो तथ्यांकहरु नजरअन्दाज गर्न नहुने बताए । 
संसदमा प्रतिपक्षले देखाएको कार्यशैली दुःखद - सचेतक महेश बर्तौला (भिडियोसहित)
संसदमा प्रतिपक्षले देखाएको कार्यशैली दुःखद - सचेतक महेश बर्तौला (भिडियोसहित) बुधबार प्रतिनिधिसभाको बैठकपश्चात उनले गृहमन्त्रीले सम्पूर्ण घटनाको बारे जवाफ दिन्छु भन्दा पनि भएको अवरोध दुःखद भएको भन्दै यो तरिकाबाट संसदलाई अगाडि बढाउने कुरा स्वीकार्य नभएको बताएका हुन् । 
प्रतिनिधिसभाको बैठक भोलि १ बजे बस्ने
प्रतिनिधिसभाको बैठक भोलि १ बजे बस्ने भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । 
कोशी प्रदेशसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग, कांग्रेस सांसदको आपत्ति
कोशी प्रदेशसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग, कांग्रेस सांसदको आपत्ति उनले आरोप लगाए, ‘लुटधन्दा सञ्चालन गर्ने व्यक्तिहरूको मुख्य संरक्षण गृहमन्त्री स्वयं हुन्। त्यसैले अनुसन्धानमा सघाउन उहाँले पदबाट राजीनामा दिनुपर्छ ।’
गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेर ‘भिजिट भिसा’ प्रकरणमा प्रष्टीकरण दिने
गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेर ‘भिजिट भिसा’ प्रकरणमा प्रष्टीकरण दिने मंगलबार र बुधबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले बोल्न नपाएपछि पत्रकार सम्मेलनमार्फत भिजिट भिसा प्रकरणमा प्रष्टीकरण दिन लागेका हुन् ।  
राष्ट्रपति र न्यूजिल्याण्डका उप–प्रधानमन्त्रीबीच शिष्टाचार भेट 
राष्ट्रपति र न्यूजिल्याण्डका उप–प्रधानमन्त्रीबीच शिष्टाचार भेट  राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको संकटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन बचाउनका लागि मिलेर काम गर्नुपर्ने पनि बताएका थिए । न्यूजिल्याण्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको  रूपमा पहिचान गरेको उनको भनाई थियो । 
एमसीसी परियोजनालाई अगाडि बढाउन प्रयास भइरहेको अमेरिकी राजदूतको भनाई
एमसीसी परियोजनालाई अगाडि बढाउन प्रयास भइरहेको अमेरिकी राजदूतको भनाई भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको उर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसीसी परियोजनालाई अगाडि बढाउन हर सम्भव पहल र प्रयास भइरहेको उनको भनाई थियो
काठमाडौं आइपुगे न्यूजिल्याण्डका उपप्रधानमन्त्री
काठमाडौं आइपुगे न्यूजिल्याण्डका उपप्रधानमन्त्री उनलाई  विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरे । नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो व्यवस्था कसैले दया माया गरेर आएको होइन : प्रकाशमान सिंह (भिडियोसहित)
यो व्यवस्था कसैले दया माया गरेर आएको होइन : प्रकाशमान सिंह (भिडियोसहित) यस्तै, उनले बोल्दा एकदमै ठूलो ठूलो क्रान्तिकारीका कुरा गर्ने व्यक्तिहरू पनि जनताको अधिकारको लडाइमा पछि हट्ने गरेको बताए । 
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए । 
जसपा नेपालका अध्यक्ष यादव मलेसिया जाँदै
जसपा नेपालका अध्यक्ष यादव मलेसिया जाँदै यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौंका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् । सोही अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ । 
Weather Update