काठमाडौं आइपुगे न्यूजिल्याण्डका उपप्रधानमन्त्री

काठमाडौं - न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
उनी आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै काठमाडौं आइपुगेका हुन् ।
उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरे । नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो भ्रमण न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालको पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १५:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय