पार्टी बैठकमा लेखक : पार्टीले चाहे फिर्ता आउँछु‚ देउवाले भने - पर्दैन
सोमबार, जेठ १२, २०८२
‘बैठकमा उहाँले ब्रिफिङ्ग गर्दै पार्टीलाई मेरो कारणले समस्या परेको भए राजीनामा दिएर फिर्ता आउँछु भनेर स्पष्ट रूपमा बोल्नुभयो‚’ बैठकमा सहभागी एक देउवा निकट पदाधिकारीले भने ।
‘बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की
सोमबार, जेठ १२, २०८२
‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने । नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
पाँचथर पुगेर डा.शेखरले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानी बन्नोस्
सोमबार, जेठ १२, २०८२
‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ’, प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाई थियो ।
रवि लामिछाने नछुटेपछि पत्नी निकिताको प्रश्न - न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?
सोमबार, जेठ १२, २०८२
विश्वासको जग स्थिर हुन्छ कि सदाकी लागि ढल्छ उनले लेखेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि लामिछानेले फेसबुकमा लामो स्टाटस लेखेकी हुन् । लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्चले रिहाइको आदेश दिएको थिएन ।
गृहमन्त्री लेखकलाई बचाउन ‘काँधै थाप्ने’ निर्णयमा कांग्रेस
सोमबार, जेठ १२, २०८२
गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकणमा जोडेर राजीनामा माग भइहरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोटो रकम उठाएर भिजिट भिसाको दुरूपयोग गरी मानिसलाई विदेश पठाउन सहजीकरण गर्ने गरेको सूचनापछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।
कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड (भिडियोसहित)
सोमबार, जेठ १२, २०८२
यस्तै, उनले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभव समेतका आधारमा नेपालमा मौलिक तरिकाले समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित नेकपा एमालेसहित समाजवादी क्रान्तितिर जाने तयारी गरेपनि प्रतिक्रियावादी देशी विदेशी शक्तिहरूले सफल हुन नदिएको बताए ।
गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक
सोमबार, जेठ १२, २०८२
बैठकमा डा.शेखर कोइराला, डा.सुनिल शर्मा र राजेन्द्र बजगाईंले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारबाहीको कुरा उठेको पनि डा.शशांकले बताए ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता
सोमबार, जेठ १२, २०८२
सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समायोजन सम्बन्धी निर्णयहरु समेत भएको छ । निर्णयहरु पाँच बुँदामा पेश गरिएको छ ।
गृहमन्त्री लेखक निर्दोष हुनुहुन्छ, रवि लामिछानेको मुद्दासँग जोड्न मिल्दैन: डा.महत
सोमबार, जेठ १२, २०८२
उनले अफवाहको शिकार कांग्रेसकै नेताहरू समेत भएको बताए । त्यस्तै उनले भिजिट भिषा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताए । यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताएका हुन् ।
माओवादी केन्द्रको निष्कर्ष - गृहमन्त्रीले राजीनामा दिनुपर्छ
सोमबार, जेठ १२, २०८२
बैठक पश्चात् माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै
सोमबार, जेठ १२, २०८२
सोमबार बिहान ११:३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रूपमा मनाउन प्रधानमन्त्रीको आग्रह
सोमबार, जेठ १२, २०८२
सोमबार सम्पन्न एमालेको सचिवालयको बैठकले पनि गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयनका क्रममा सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसार गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिए ।
दुईवटा संसदीय समितिको बैठक बस्दै
सोमबार, जेठ १२, २०८२
बैठकमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिने कार्यसूची रहेको छ ।
साताको लोकप्रिय

