Harsamaya
प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक ।

काठमाडौं - प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अवरोध गरेका थिए। 

बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजीनामा माग गरेका थिए। 

संसद चल्न नदिएपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो २:३० बजे बस्ने भनिएको थियो।

सो समय सिमा भित्र पनि बैठक बस्न नसके पछि सूचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update